सबै काम सकिएपछि यस्तो देखियो कलंकी–कोटेश्वर सडक (फोटो फिचर)

 मंसिर २८, २०७५ शुक्रबार १२:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डको काम सकिएको छ । नेपालको तर्फबाट गर्नुपर्ने केही कामबाहेक चीनले जिम्मा लिएको सबै काम सकिएको हो । चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले शनिबार आफ्नो जिम्मेवारीमा रहेका सबै काम सकिएको घोषणा गर्दै हस्तान्तरण नेपाललाई हस्तान्तरण गर्दैछ । 

सडक निर्माणको काम सकिएपछि कलंकी–कोटेश्वर सडक चिल्लो, फराकिलो र आकर्षक बनेको छ । यो सडकमा यात्रा गर्दा धेरैले विदेशको झल्को मिलेको प्रतिक्रिया दिने गरेका छन् । यो सडकखण्डमा अहिले जाम पनि कम भएको छ ।

२७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । चिनियाँ ठेकेदार कम्पनीले झण्डै ५ अर्ब रुपैयाँ लगानीमा सडक निर्माण गर्ने समझदारी गरेको थियो । यो चीनकै अनुदान रकम हो ।

फोटो : विकास गोले

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Krishnakumar

    Dec. 14, 2018, 12:32 p.m.

    मेरो घर अगाडि माटोको थुप्रो थुप्रोको पहाड छ , वल्खु कलङ्कीको भाग खोइ बनेको ?

  •  0 Reply

तपाईको प्रतिक्रिया