घोराहीको होटलभित्र मृत भेटिए भुपेन्द्र

 मंसिर २८, २०७५ शुक्रबार १२:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – घोराहीमा एक होटलमा एकजना मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी एफएम रोडमा रहेको एट ओ क्लक रेष्टुरेन्टमा ३७ वर्षीय भुपेन्द्र डाँगी मृत अवस्थामा भेटिएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका घर भएका मृतक डाँगी तीन महिनादेखि होटलमा कार्यरत रहेको होटल सञ्चालक निमकान्त डाँगीले बताउनुभयो ।

डाँगीले रातको समयमा होटलको सम्पूर्ण जिम्मेवारी लिने गरेको सञ्चालक डाँगीले बताउनुभयो । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया