नेपालको उत्पादनले नधानेका कारण आयातमा जोड दिनु परेको हो : अर्थमन्त्री खतिवडा

 मंसिर २८, २०७५ शुक्रबार १३:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड दिनु परेको स्पष्ट पार्नु भएको छ । 

अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने पनि स्मरण गराउनुभयो । 

विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टले तयार पारेको ‘अ ग्लास हाफ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशले अन्तरराष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारीकरण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले दक्षिण एसियामा एउटै देशको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क पनि गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि बताउनुभयो । प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढ्दै गएको उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया