रुपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

 मंसिर २८, २०७५ शुक्रबार १४:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौलाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस रकम लिएको निरौलामाथि आरोप लागेको छ ।

घुस रकम माग गरेको उजुरीको आधारमा निरौलालाई पक्राउ गरी अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएकोले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया