नेपाली चलचित्रमा अनमोलको स्टारडम कहिलेसम्म रहला ?

 मंसिर २८, २०७५ शुक्रबार १५:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुपरस्टार अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ यस वर्षका प्रतिक्षित चलचित्रमध्येको एक हो ।

यो चलचित्रमा अनमोलको अभिनय भएकै कारण पनि धेरैको प्रतिक्षाको विषय बनेको छ । नेपाली चलचित्र क्षेत्रमा अनमोल निकै महंगा अभिनेताका रुपमा चिनिन्छन् । उनी एउटा चलचित्रमा अभिनय गरेको ५० लाख रुपैयाँ लिने गर्छन् ।

केही समयअघि यो कुरा निकै चर्चाको विषय बन्न पुगेको थियो । नेपाली चलचित्रका धेरै निर्देशक निर्माताहरु अनमोललाई लिएर चलचित्र निर्माण गर्न पाएजति पनि खर्चिन तयार हुने गरेका छन् ।

चलचित्रको कथा जे जस्तो भए पनि अनमोलको स्टारडमले नै चलचित्र सफल हुन्छ भन्ने मान्यता राख्ने निर्माता तथा निर्देशकहरु धेरै छन्, चलचित्र नगरीमा । नायक अनमोल केसीलाई पनि बेला बेलामा कथाजस्तो भए पनि भने जत्ति पैसा दिए जुनसुकै चलचित्रमा पनि काम गर्न राजी हुने गरेको टिप्पणी आउने गरेको छ । तर हालसम्मका अनमोल अभिनित चलचित्रहरुलाई हेर्ने हो भने उनले उक्त टिप्पणीलाई प्रमाणित गरिदिएका छन् । 

उनी अभिनित चलचित्र ‘क्याप्टेन’फागुन १७ गतेबाट नेपालभर प्रदर्शनमा आउने पक्का भइसकेको छ । एउटा चलचित्र प्रदर्शनमा नआउदै उनी अर्को चलचित्रको छायांकनमा व्यस्त छन् । झरना थापाले निर्देशन गरेको अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर –३’ को छायांकन झण्डै अन्तिम चरणमा छ । य

सैबीच उनी अभिनित चलचित्र‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’बोलको गीत बिहीबार सार्वजनिक भयो । युट्यूबमा रिलिज भएको १० घण्टा नबित्दै ट्रेण्डिङ नम्बर एकमा आउन सफल भएको छ  । गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको छ । गीतमा अर्जुन पोखरेलले सङ्गीत, डीगराज धौरालीको शब्द रचना रहेको छ ।

पछिल्लो समय दिपक–दीपा र भुवनको सहकार्य हुने कुरा मिडियामा आइरहेको छ । यदि यो साहकार्य सफल हुने हो भने अनमोलको स्टारडम अझ बढ्ने देखिन्छ । 
–उज्यालाे र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया