नुवाकोटको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना : धेरैको ज्यान गएको आशंका

 मंसिर २८, २०७५ शुक्रबार १८:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर  १ को ध्याङफेदीमा मिनी ट्रक दुर्घटना भएको छ । बा ३ ख ३९१३ नम्बरकाे मिनिट्रकमा घेवाबाट फर्किएका यात्रु रहेका थिए । मिनी ट्रक घ्याङफेदीकाे भीरबाट खसेकाे दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयाे ।

दुर्घटनामा धेरैको ज्यान गएको हुनसक्ने दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभएको छ । दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यका अनुसार मिनिट्रकमा ४५ जनाभन्दा सवार रहेकाे अाशंका छ । उहाँले दुर्घटनामा ३० जनाभन्दा बढीकाे ज्यान गएकाे अाशंका रहेकाे जानकारी दिनुभयाे ।

सिसिपुबाट सिम्टाङ फर्किदैं गरेको गाडी दुर्घटना भएको अञ्जु अाचार्यले जानकारी दिनुभयाे । दुप्चेश्वर गाउँपालिकाका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष नागसाङ तामाङले पनि दुर्घटनामा ३० जनाको हताहती भएको आशंका रहेको जानकारी दिनुभयो । आफू घटनास्थल जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।

उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि घटनास्थलमा जान अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार घटनास्थल घ्याङफेदीमा प्रहरीको टोली पुगेको छ । उहाँले दुर्घटनामा चार जनाको शव भेटिएको र अरुको खोजी भइरहेको उज्यालोलाई जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया