सप्तरीको मधेपुरामा आगलागी : ५० लाखको क्षति

 मंसिर २८, २०७५ शुक्रबार १९:८:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–७, मधेपुरामा आगलागी भएको छ । आगलागीमा १३ घर जल्दा झण्डै ५० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय बिन्देश्वर साफीको घरबाट अचानक सल्केको आगोबाट साफीको घरमा घर बनाउनका लागि राखिएको नगद १ लाखसहित धान, चामल, गहुँ, लत्ताकपडालगायतका सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा साफीको १ बोका, १ गाईको बच्चा समेत जलेको पीडितले जानकारी दिएका छन् । आगलागी स्थानीय, सशस्त्र तथा जनपद प्रहरी तथा दुई वटा दमकलको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 


 

अन्तिम अपडेट: चैत २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया