६९ वर्षीया वृद्धालाई बलात्कार गरी फरार भएका व्यक्ति ४ वर्षपछि पक्राउ

 मंसिर २८, २०७५ शुक्रबार १९:३४:३२ | राधाकृष्ण डुम्रे

स्याङ्जा – उनान्सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरी फरार भएका स्याङजाको हरिनास गाँउपालिका वडा नम्बर–२ का ६० वर्षीया चेतबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै ४ वर्षअघि २०७१ जेठ २१ गते राति १ बजे आफनै गाउँकी वृद्ध एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जानएको छ । बलात्कारको आरोपमा तत्कालीन समयमा ३१ हजार तिरेर धरौटीमा रिहा भएका थापा त्यसयता फरार रहँदै आएका थिए ।

जिल्ला अदालत स्याङजाले २ वर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका थापालाई पक्राउलगत्तै कारागार चलान गरिएको स्याङजाका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया