बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
कपिलवस्तु – प्रहरीले शिवराज नगरपालिका वडा नम्बर ९ रमुवादहवाबाट शुक्रबार २० किलोग्राम चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
रोल्पा लिवाङ नगरपालिका–६, चइवाङ बस्ने २९ वर्षका रमेश बुढालाई प्रहरीले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो । उनलाई जिल्ला अदालत तौलिहवाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । प्रहरीले पक्राउ परेका बुढाको साथबाट २० किलो चरेस बरामद भएको गरेको छ ।
पक्राउ परेका बुढाका साथमा अन्य २ जना समेत रहेको प्रहरीले जनाएको छ । फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो ।