कोपा लिबर्टाडोरेसको फाइनलमा पराजित भएपछि बोका जुनियर्सका प्रशिक्षकले क्लब छोडे

 मंसिर २९, २०७५ शनिबार ६:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेस फाइनलमा रिभर प्लेटसँग पराजित भएको बोका जुनियर्सका प्रशिक्षक गुइलेर्मो बारोसले पदबाट राजीनामा दिएका छन् ।

विश्व फुटबलमा चर्चाको विषय बनेको यो फाइनलमा बोका जुनियर्स समग्रमा रिभर प्लेटसँग पाँच तीन गोलले पराजित भएको थियो । जसमा दोस्रो लेगमा अतिरीक्त समयमा तीन एकले हारेको थियो ।

रिभर प्लेटका समर्थकले बोका जुनियर्सका खेलाडीमाथि आक्रमण गरेपछि अन्तिम खेल घरेलु मैदानमा रद्द हुँदा मड्रिडमा खेलाइएको थियो । जसमा बोका जुनियर्स नराम्रोसँग पराजित भएको थियो ।

बोका जुनियर्सका पूर्व खेलाडीसमेत रहेका बारोसले साढे दुई वर्ष टिमलाई सम्हालेका थिए । जसमा उनले अर्जेन्टिनी प्रतियोगिताको उपाधि दुई पटक जितेका थिए । तर अहिले बोका जुनियर्स लिगको छैटौं स्थानमा रहेको छ ।

क्लब छोडेपछि उनी युरोपियन क्लबमा प्रशिक्षणका लागि जानसक्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया