युएईले गर्‍यो श्रम नियममा सुधार : ओभरस्टे बस्नेलाई फाइदा

 जेठ ३१, २०७५ बिहिबार १६:५८:१३ | उज्यालो सहकर्मी

काठमाडौं – युएईमा भिसा अवधि भन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने भएका छन् । 

बुधबार युएईको मन्त्री परिषदले युएईमै काम गर्न चाहनेलाई ओभरस्टे भएपनि ६ महिनाको थप समय दिने निर्णय गरेको हो । उनीहरुले स्वेच्छले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिनै स्वदेश फर्कने अवसर पनि दिएको छ । यसरी फर्किदा विदेशी कामदार रोजगारीका लागि फेरि युएई फर्किन पाउनेछन् । 

बुधबार बसेको युएईको मन्त्री परिषद बैठकले भिसासँग सम्बन्धित नियम र श्रम नियममा भएको सुधारलाई अनुमोदन गरेको हो । गैरकानुनी रुपमा युएई प्रवेश गरेकाले पनि अब सजिलै स्वदेश फर्किन पाउने भएका छन् ।

स्वदेश फर्किने आधिकारिक टिकट भएमा गैरकानुनी रुपमा युएई प्रवेश गरेका विदेशी नागरिक फर्किन पाउनेछन् । उनीहरुलाई २ वर्षका लागि युएई प्रवेशमा रोक लगाइने गल्फ न्युजमा उल्लेख छ । 

४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने

युएईमा ४८ घण्टासम्मको ट्रान्जिट भिसा निःशुल्क पाइने भएको छ । ट्रान्जिट भिसा ९६ घण्टासम्म बढाएउन सकिने युएईले जनाएको छ । त्यसका लागि ५० दिर्हाम शुल्क लाग्ने छ । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

2 Comments

  • kuldip magar

    June 15, 2018, 3:39 a.m.

    for example yadi dubaima kam gardai aako xa .ab companyma visa sakiyore ab arko company chenge garnu xa tesma overstay vayo vane k hunx ni

  •  0 Reply
  • Kaleb Tamang

    June 14, 2018, 9:51 p.m.

    Good news

  •  0 Reply

तपाईको प्रतिक्रिया