गोरु काटेको आरोपमा १० जना पक्राउ

 मंसिर २९, २०७५ शनिबार ७:१७:१० | रासस
unn.prixa.net

सुनसरी – धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चार गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको फुयालले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया