प्रदेश १, ५ र ७ काे इञ्जिनियर्स एसोसिएसन चुनावको नतिजा सार्वजनिक

 मंसिर २९, २०७५ शनिबार ९:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल इञ्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको चुनावको केही ठाउँको नतिजा सार्वजनिक भएको छ । प्रदेशस्तरको नतिजा अनुसार प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशको नतिजा आइसकेको छ ।
 
प्रदेश नम्बर १ बाट प्रदेश केन्द्रीय कार्यकारी समितिका सभापतिमा एसवन्त विक्रम शाह, प्रदेश ५ बाट कुसुम ज्ञवाली र प्रदेश ७ बाट लब जोशी विजयी हुनुभएको छ  । ४ नम्बर प्रदेशको भने मतगणना भइरहेको छ । अब ३ नम्बर प्रदेश र ६ नम्बर प्रदेशको गणना हुन बाँकी छ । 

यसैबीच केन्द्रीय कार्य समिति र ३ नम्बर प्रदेशको मतगणना भने अबको २, ३ घण्टाभित्र सुरु हुने नेपाल इञ्जिनियर्स एसोसियसनका निवर्तमान अध्यक्ष हरेराम श्रेष्ठले बताउनुभयो । उहाँका अनुासर देशभर विभिन्न पदका लागि १ सय ५ जना निर्वाचित हुनेछन् ।

हरेक प्रदेशबाट १६ जना निर्वाचन हुनेछन् । १६ जनाबाट १ जना केन्द्रीय कार्यकारीमा छानिनेछन् । केन्द्रीय कार्यकारी समितिमा भने जम्मा २५ हुनेछन् । जसमा केन्द्रमा प्रत्यक्ष निर्वाचित १८ जना र ७ वटा प्रदेशबाट १,१ जना गरी २५ जनाको केन्द्रीय समिति हुनेछ । 

२, ३ घण्टामा गणना सुरु भएमा बेलुकासम्म सबै ठाउँको नजिता आइसक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । शुक्रबार ३२ औँ कार्यकारिणी समितिको निर्वाचन भएको थियो । चुनावमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूह प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा प्रगतिशीलबाट प्राध्यापक डा. त्रिरत्न बज्राचार्य र प्रजातान्त्रिकबाट हीरण्यमान प्रधान चुनाव लड्नुभएको छ । 

 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया