जन्ती गएका राई बेपत्ता

 मंसिर २९, २०७५ शनिबार १२:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जन्ती गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई मंसिर २६ गते बिहानदेखि सम्पर्कविहीन भएका हुन् । 

तेस्राे साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष रहेका राई मंसिर २५ गते राति २ बजे सुतेको ठाउँबाट सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

जन्तीकारुपमा मंसिर २५ गते दुम्ली पुगेका राईको सम्भावित स्थानमा खोजी गरे पनि फेला नपरेको आफन्तले बताएका छन् । सम्पर्कविहीन राईको शनिबार पनि आफन्तले खोजी गरिरहेका छन् । आफन्तले शुक्रबार खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । निवेदनका आधारमा खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया