भैरहवालाई ७ विकेटले हराउँदै काठमाडौं किंग्स ईपीएलको प्लेअफमा

 मंसिर २९, २०७५ शनिबार १२:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराउँदै प्लेअफको यात्रा पक्का पारेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ३९ रन बनायो । ४० रन हुँदा तेस्रो विकेट गुमाएको उसका विदेशी खेलाडी रायन टेन डोइच्टेले १२ रन बनाए । रविइन्दर सिंह र कप्तान शरद भेषावकरले १०९रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । रविइन्दरले अविजित ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक–एक विकेट लिए ।

जवाफमा काठमाडौंले १९ ओभर तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । ६८ रनमा पहिलो विकेट गुमाएका काठमाडौंले एक सय १२ रन हुँदा दोस्रो विकेट खेर फाल्यो उसले अरु १७ रन जोड्दा थप तीन विकेट खेर फालेको थियो । काठमाडौंको जितमा अमित श्रेष्ठले ५१, रोहन मुस्तफाले ३६ तथा सागर पुनले १३ रन बनाए । यस्तै केभिन ओब्राइनले अविजित २९ रनको योगदान गरे । 

जितसँगै काठमाडौंले प्लेअफको यात्रा पक्का गरेको छ । उसको जितले चितवनलाई प्लेअफमा पुग्ने सम्भावना निकै कम भएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया