जोगवनीमा भारतीय नेतामाथि गोली प्रहार

 जेठ ३१, २०७५ बिहिबार १७:२४:१९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा एक नेता माथि गोली प्रहार भएको छ ।

भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समूहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घटना भारतमा भएका कारण थप जानकारी नआएको प्रहरी जनाएको छ । उता घटघरटना स्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगंजका एसडीपीओ मनोज कुमारले जानकारी दिनुभयो ।

पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • दाेर्जी शेर्पा ang

    June 14, 2018, 7:20 p.m.

    भारतिय नेता ,भारतमा घटेको घाटना ,अनि नेपालमा उपचार गर्न कसरी ल्यायाे ? र किना भारतमा वापस पठाएन ?फेरि गाेली प्रहर गर्ने पनि नेपालतिर पसेकाे शंका गर्दै छ,यसमा नेपालले अलिक ध्यान दिनु पर्ने हाे ,किनभने घटना मामुली हाेइन,राम्राे सङ्ग छानबिन नगरिए पछि नेपालीलाई नै दाेष दियाे भने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया