८४ वर्षीय जोरामथांगाले लिए मिजोरमको मुख्यमन्त्री पदको सपथ

 मंसिर २९, २०७५ शनिबार १४:२१:३८ | एजेन्सी
unn.prixa.net

मिजो नेसनल फ्रन्ट(एमएनएफ)का नेता जोरामथांगाले शनिबार मिजोरमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।

पीटीआईका अनुसार मिजोरमका राज्यपाल के राजशेखरनले मिजोरमको राजधानी राजधानी ऐजवालमा आयोजित समारोहमा ८४ वर्षीय जोरामथांगालाई मिजो भाषामा पद तथा गोपनियताको सपथ गराएका हुन् । 

मिजोरममा भएको विधानसभा चुनावमा सत्तारुढ दल कांग्रेस पराजित भएको छ  । उसले मात्रै केवल पाँच सिट मात्रै जितेको छ । पछिल्लो विधानसभा चुनावपछि उसले ३४ सिटका साथ सरकार बनाएको थियो । 

१९८६ पछि मिजोरममा कहिले कांग्रेस कहिले एमएनएफले सत्ता सम्हालिरहेका छन् । एमएनएफले यसपटक विधानसभा चुनावममा ४० सिटमध्ये २६ सिटमा जित हात पारेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया