पूर्व महामन्त्री रानाभाट भन्छन् : गुट उपगुटले कांग्रेस यति कमजोर भयो

 मंसिर २९, २०७५ शनिबार १४:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।   

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे पूर्व महामन्त्री रानाभाटले विगतमा राणासँग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हुदै गएको भन्दै त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो ।

देशका ठूला–ठूला राजनीतिक परिर्वतनमा ठूलो योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुँदै गएको भन्दै उहाँले त्यसको गम्भीर समीक्षा गरिनुपर्ने बताउनुभयो । आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर हुँदै गएको भन्दै उहाँले पार्टी भित्रका सबै विकृतिको अन्त्य महासमिति बैठकले गर्न सक्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया