मोटरसाइकलबाट लडेर एक महिलाको ज्यान गयो

 मंसिर २९, २०७५ शनिबार १४:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिकाको सभाखोलामा मोटरसाइकलबाट लडेर एक महिलाको ज्यान गएको छ ।

खाँदबारी नगरपालिका–८, बिदाई चौतारा घर भएकी ३५ वर्षकी रहरी श्रेष्ठको मोटरसाइकलबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी साँझ मोटरसाइकलमा इटहरीबाट खाँदबारीतर्फ आउने क्रममा रोकी राखेको ट्याक्टरमा श्रेष्ठको झोला अल्झिएर लड्दा घटनास्थलमा नै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक गंगा चौलागाई र मोटरसाइकल समेत नलडेको स्थानीयहरुको भनाई छ । मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठको झोला अल्झिएर लड्दा उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

स्थानीय बरुण बोडिङ्ग स्कुलका कार्यालय सहयोगी रहेकी श्रेष्ठको एक छोरा एक छोरी रहेका छन । केही समय अघि उनी श्रीमान राजु श्रेष्ठसँग सम्बन्ध बिच्छेद गरेर अलग्गै बस्दै आएकी थिइन ।

मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया