ईपीएल : चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले हरायो

 मंसिर २९, २०७५ शनिबार १६:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सले दोस्रो जित हात पारेको छ । 

पोखरा राइनोजमाथि ७ विकेटको जित निकालको चितवनको प्लेअफमा पुग्ने सम्भवाना जीवितै छ । पोखराले दिएको १३० रनको लक्ष्य चितवनले १९औँ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको हो । चितवनको जितमा पल स्टर्लिङले ५५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाएका थिए । टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको हो ।

करियरको अन्तिम खेल खेलिरहेका शक्ति गौचनको नेतृत्वमा रहेको पोखरा आजको खेलमा मध्यम सुरुवात गरेको थियो । पहिलो विकेट २९ रनमा गुमाएको पोखराका लागि केयल कोट्जरले २३ रन बनाए ।

अर्का ओपनर विनोद भण्डारी र सुनिल धमलाले पोखराको स्कोर ७७ रनमा पुर्याउँदा भण्डारी २५ रनमा पेभेलियन फर्किए । ७७ रनकै स्कोरमा पल कलिन शून्य रनमै आउट भए । त्यसपछि सुनिल धमला र राजेश पुलामीले पोखराको इनिङ अगाडि बढाएका थिए । टिमको स्कोर ११४ रन हुँदा राजेश पुलामी चौथो विकेटको रुपमा १२ रनमा आउट भएका थिए ।

सुनिल र सन्नी भिमसरियाले पोखराको स्कोर १२६ रन बनाउँदा सुनिल ५१ रनमा पेभेलियन फर्किएका थिए । सन्नी र कप्तान शक्ति गौचनले स्कोर बोर्डमा ३ रन थपेपछि निर्धारित ओभरको खेल सकिएको थियो । सन्नी ४ तथा कप्तान गौचन १ रनमा नट आउट रहे । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया