सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
विश्व हकी महासंघले भारतीय हकी प्रशिक्षक हरेन्द्र सिंहलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
नेदरल्याण्ड्सँग विश्वकपमा २–१ ले पराजित भएपछि भारतीय प्रशिक्षक सिंहले रेफ्रीको भूमिकाप्रति असन्तुष्टि जनाएका थिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा सिंहले एसियाली खेलकूदमा पनि रेफ्रीका कारण आफूहरु पराजित भएको र विश्वकपमा पनि यस्तै भएको बताएका थिए । उनले रेफ्रीको स्तर सुधार गर्न पनि आग्रह गरेकोमा विश्व हकी महासंघले आपत्ति जनाउँदै कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
हकी महासंघका कार्यकारी निर्र्देशक थिएर वेल र अध्यक्ष नरिन्दर बत्राले उनले लगाएको आरोप सहन नसक्ने चेतावनी दिएका हुन् । उनीहरुले पराजित भएपछि रेफ्रीको भूमिकामाथि प्रश्न उठाउनु सरासर गलत भएको पनि बताएका छन् । उनीहरुले आउँदो मंगलबार हरेन्द्रले दिएको अभिव्यक्तिको फूटेज हेर्ने र त्यसका आधारमा एक्सन लिने जनाइएको छ । भारतीय हकी संघका पूर्व अध्यक्षसमेत रहेका बत्राले सिंहलाई कारबाही गर्ने बताए ।
मे २०१८ मा भारतीय महिला हकी टिम छाडेपछि हरेन्द्रले पुरुष टिम सम्हालेका थिए । उनले सम्हालेपछि पुरुष टिमले च्याम्पियन्स ट्रफीमा रजत पदक जितेको थियो । त्यसअघि जुनियर टिमको प्रशिक्षक बन्दा लखनऊमा आयोजना भएको जुनियर विश्वकपको उपाधि भारतलाई दिलाएका थिए ।