उज्यालो सहकर्मी शर्मा सम्मानित

 मंसिर २९, २०७५ शनिबार १९:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेका उज्यालो सहकर्मी गोविन्द शर्मालाई शनिबार बाँकेको खजुरामा सम्मानित गरिएको छ । 

बाँकेको खजुरामा रहेको आर्दश युवा वचत समूहले आफनो प्रथम साधारण सभाको अवसर पारेर पत्रकारितामार्फत डेढ दशकदेखि बाँकेको सामाजिक क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै शर्मालाई सम्मानित गरिएको हो । 

खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार, वडा नम्बर २ का अध्यक्ष कान्तुराम गौतम र समूहका अध्यक्ष देवबहादुर कुँवर लगायतले शर्मालाई कदरपत्रसहित सम्मान गर्नुभएको हो ।  

साधारण सभामा संस्थाका अध्यक्ष देव बहादुर कुवँरको अध्यक्षतामा भएको थियो । एक वर्षको अवधिमा तीन लाख ३६ हजार रुपैयाँ बचत गरेको समूहले तीन लाख ८० हजार रुपैयाँ ऋण लगानी गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Karan Thapa

    Nov. 14, 2019, 9:13 a.m.

    Wow that great Nd lovely moment Sharma ji becoz you are hero 🦸‍♂️ in Khazura E Goan best of luck

  •  0 Reply

तपाईको प्रतिक्रिया