दाङ : माछापोखरीमा डुबेर एकजनाको ज्यान गयो

 मंसिर २९, २०७५ शनिबार २०:६:५ | हेमराज शर्मा

दाङ – दाङको  लमही नगरपालिका वडा नम्बर–३, टिकुलीगढमा रहेको माछापोखरीमा डुबेर लमही–३, नारायणपुरका ४० वर्षीय कुलबहादुर वलीको ज्यान  गएको  छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीयवासी लालबहादुर वलीको पोखरीमा चिसोले मरेका माछा निकाल्न खोज्दा डुबेर ज्यान गएको हो । 

पोखरामा डुबेर ज्यान गएका वलीको शव पोखरीको पानी पम्पसेटबाट खाली गरी निकालिएको छ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया