चिर्पटले हानेर नातीले गरे हजुरबा र हजुरअामाकाे हत्या

 पुस १, २०७५ आइतबार ६:२९:३३ | रासस
unn.prixa.net

बैतडी – बैतडीमा शनिबार नातीले आफ्नै हजुरबा र हजुरअामाकाे हत्या गरेका छन् । 

सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबा गगन कुँवर र ७६ वर्षकी हजुअामा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । 

लोकेन्द्रले शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर हजुरबा र हजुरअामाकाे हत्या गरेको हुन् ।

लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ 

अन्तिम अपडेट: पुस ३, २०७५

तपाईको प्रतिक्रिया