गुडिरहेको ट्रकमा एक्कासी आगो लाग्यो

 पुस १, २०७५ आइतबार ६:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको छ । कपिलवस्तुको चन्द्रौटामा ना ६ ख ५८१२ नम्बरको ट्रक गुडिरहेको बेला आगो लागेको हो । 

डडेलधुरामा एनसेलको टावर बनाएर फर्किँदै गरेको ट्रकमा आगो लाग्दा ट्रकमा लोड गरिएको व्याट्री जलेर नष्ट भएको छ ।  ट्रकमा राखिएको ब्याट्री सर्ट भइ आगो लागेको हुनसक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो । 

शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । क्षतीको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया