यातायात व्यवसायीलाई कम्पनी अन्तर्गत सूचीकृत हुने समय थप

 पुस १, २०७५ आइतबार ७:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले यातायात व्यवसायीलाई कम्पनी अन्तर्गत सूचीकृत हुने समय थप गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार बसेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहितको बैठकले यातायातमा सूचीकृत हुने समय फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले ‘कम्पनी ऐन’ संसोधन गर्नका लागि उद्योग मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ । कम्पनीमा जति पनि शेयर सदस्य राख्न पाउने गरी ‘कम्पनी ऐन’ संसोधन गर्न÷गराउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यातायात व्यवसायीले कम्पनीमा गएर यातायात कार्यालयमा सूचीकृत हुन एक सयभन्दा बढी शेयर सदस्य राख्न पाउनुपर्ने र समितिका सम्पत्ति तथा दायित्व कम्पनीमा सर्नुपर्ने माग गरेका थिए ।

व्यवसायीले राखेको मागलाई सम्बोधन गरी सरकारले सूचीकृत हुने समय थप गरेको हो । सरकारले यसअघि मंसिर मसान्त अर्थात आजसम्म सूचीकृत नहुने गाडी चलाउन नदिने सूचना जारी गरेको थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया