विकास निर्माणको निरीक्षण गर्न गएका वडाअध्यक्षमाथि हातपात

 जेठ ३१, २०७५ बिहिबार १८:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाँउपालिकाका वडा अध्यक्ष विकाश श्रेष्ठमाथि निर्माण व्यवसायीले हातपात गरेका छन् ।

बुधबार गाँउपलिका वडा नम्बर पाँचका वडा अध्यक्ष विकास श्रेष्ठलाई त्यसै गाउँपालिकाको वडा नम्बर ५ को कोठेमा रहेको सुनकोशी नदी किनारमा भइरहेको प्लम्प क्रंक्रिट ढलान वाल निर्माण सम्बन्धमा सोधपुछ गर्ने क्रममा निर्माण व्यवसायी पक्षले हातपात गरेका हुन ।

निर्माण व्यवसायीहरुले मान्छे लगाएर वडा अध्यक्षमाथि हातपात गरेको अध्यक्षले बताउनुभएको छ । घटनामा वडा अध्यक्ष सामान्य घाइते हुनुभएको छ । जनप्रतिनिधिलाई हातपात गरिएको भन्दै गाउँपालिका र गाउँपालिका महासंघले विज्ञप्ती निकालेको छ ।

आ–आप्नो कार्यक्षेत्रमा भइरहेको सार्वजनिक निर्माण आयोजनाहरुको नियमित अनुगमन गर्ने, गुणस्तर कायम गर्ने तथा विवाद निरुपण गरी विकासका कार्यलाई तदारुकता दिने जिम्बेवारी पाएका जनप्रतिनिधिहरुलाई निर्माण व्यावसायीबाट भएको हातपातको घटना दुखद भएको गाउँपालिका महासंघको विज्ञप्तीमा भनिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया