प्रिमियर लिगमा आज लिभरपुल भर्सेस म्यानचेस्टर युनाइटेड, अरु काे–काे खेल्दैछन् ?

 पुस १, २०७५ आइतबार ९:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदैछन् । आजको तीनमध्ये सबैभन्दा महत्वका साथ हेरिएको म्याच लिभरपुल भर्सेस म्यानचेस्टर युनाइटेड हो । 

एन्फिल्डमा हुने खेल नेपाली समय अनुसार राति पौने दश बजे हुनेछ । लिग तालिकामा ४२ अंक सहित दोस्रो स्थानमा रहेको लिभरपुल १८ पटक उपाधि जितिसकेको छ । तर सन् १९९२ मा शुरु भएको आधुनिक लिगपछि भने लिभरपुलले एउटा पनि उपाधि जित्न सकेको छैन । 

सन् १९८९–९० सिजनमा लिग जितेको लिभरपुलले लिग नजितेको २८ वर्ष भयो । तर पछिल्लो दुई सिजनमा लिभरपुल निकै राम्रो फर्ममा छ । म्यानचेस्टर युनइटेडलाई हराएमा लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । 

लिभरपुलका जर्मन प्रशिक्षक जर्जेन क्लोपले म्यान्चेष्टर युनाइटेडविरुद्ध लिभरपुल आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् । तर युनाइटेडविरुद्ध लिभरपुलले अंक गुमाएमा उसको लिग जित्ने अभियानमा गम्भीर धक्का लाग्नेछ । 

तथ्यांकमा युनाइटेडको रेकर्ड राम्रो देखिँदैन । प्रशिक्षक जोसे मोरिन्होले वल्र्ड ट्राफोर्डको जिम्मा लिएपछि युनाइटेडले ठूलो क्लबहरु म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, टोटनह्याम र आर्सनलसँग २४ खेल खेलेको छ । तर रेड डेभिल्सले जम्मा आठ खेलमात्र जितेको छ । सात खेल बराबरी खेलेको छ । 

आजै साँझ सवा सात बजे चेल्सी र ब्राइटन एण्ड होभ अल्वियनवीच् खेल हुँदैछ भने यही समयमा साउथह्याम्टन र आर्सनल आमने सामने हुँदैछन् ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया