प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रकृया सुरु

 पुस १, २०७५ आइतबार १३:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो ।

गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाई गर्न समितिलाई पत्राचार गरेको थियो । सोही पत्राचारमाथि छलफल गर्दै समितिले सोमबारबाट १० दिनसम्मका लागि प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ । सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाई हुने पनि स्पष्ट पार्नुभयो ।

समितिले जबराको सुनुवाई चित्त बुझे प्रधानन्यायाधीशमा उहाँको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि संसदीय सुनुवाई विशेष समितिले अयोग्य ठहर गरेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीपछि दोस्रो वरियतामा रहनु भएका जबरालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया