सांसद याेगेश भट्टरार्इले घरभाडास्वरुप अाउने ९० हजार रुपैयाँ फिर्ता गर्ने

 पुस १, २०७५ आइतबार १५:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सांसद याेगेश भट्टरार्इले संसदबाट घरभाडास्वरुप अाफूले पाउने ९० हजार रुपैयाँ  फिर्ता गर्नुहुनेभएकाे छ ।

उहाँले फिर्ता गर्ने भनिएकाे रकम २०७४ फागुनदेखि २०७५ मंसिरसम्मकाे घरभाडा बराबरकाे रकम हाे ।

अाइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा अाफूले काठमाडाैंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घरभाडा लिनेको सूचीमा अाफ्नाे नाम प्रकाशित हुँदा आफैं आश्चर्यमा परेको बताउनुभएकाे छ। 

साथै उहाँले अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा दुःख पनि व्यक्त गर्नुभएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’ 

केही दिन अघि पत्रपत्रिकामा काठमाडाैंमा घर हुने सांसदहरुले पनि घरभाडाकाे रकम लिएकाे  वा लिने सूचीमा रहेकाे समाचार प्रकाशित भएकाे थियाे । 

अाफूहरुलाई सचेत गराउँदै जनतालाई सुसूचित गरेकाेमा खोजपत्रकारिता केन्द्र तथा समाचार प्रकाशित भएकाे पत्रिका र पत्रकारलार्इ धन्यवाद पनि व्यक्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

2 Comments

  • Gorkhali

    Dec. 16, 2018, 5:13 p.m.

    लिएको चाहीं किन ? जनताले थाहा पाइहालेछन् भने यसरी नै फिर्ता गरौंला नपाए पचाउँला भनेर ? फेरि प्रतिमहिना १८ हजारका दरले हसुरेको भन्ने छ, यदि त्यही हो भने आधा मात्रै फिर्ता गरेको देखिन्छ । बाँकी आधा अर्को दवावपछि फिर्ता गर्ने हो ?

  •  0 Reply
  • बद्रीप्रसद सिवाकोटी

    Dec. 16, 2018, 3:46 p.m.

    योगेशले देखाएको ईमान्दारिताको प्रसङ्शा गर्दछु । हेरौ अरुले के गर्दारान ।

  •  0 Reply

तपाईको प्रतिक्रिया