भैरहवालाई हराउँदै ललितपुर र्इपीएलकाे क्वालिफायर्समा

 पुस १, २०७५ आइतबार १६:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ ।

भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै ललितपुरले क्वालिफायर्सको यात्रा पक्का गरेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा मात्र ९२ रनमा अलआउट भयो । खराव सुरुवात गरेको भैरहवाले ४० रन बनाउँदा चार विकेट खेर फाल्यो । रवीइन्दर २५ रनमा पेभेलियन फर्किए भने शरद मात्र एक रनमा आउट हुन पुगे ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि चार रनमा आउट भएपछि भैरहवाले ४९ रनमा पाँचौ विकेट गुमायो । उसका रोहितकुमार पौडेल सात रनमा आउट भए भने कृष्ण कार्की चार तथा कुशल मल्ल तीन-तीन रनमा पेभेलियन फर्किए ।

भैरहवालाई कम स्कोरमा रोक्न सन्नी पटेलले ५ तथा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई दुई विकेट लिए ।

जवाफमा ललितपुरले १४ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १० रन हुँदा पहिलो विकेट गुमाएको उसले १५ रनमा दोस्रो विकेट खेर फाल्यो । ओपनर गौरव तमोर नौ र कप्तान ज्ञानेन्द्र मल्ल मात्र चार रनमा पेभेलियन फर्किए ।

ललितपुरका पवन सर्राफले २५ रनको योगदान गरे भने जयकिशन कोल्सावालाले २२ तथा सन्दिप जोराले १८ रन बनाएपछि उसले सहज जित निकाल्न सफल भयाे ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया