रणवीर सिंह भन्छन् : विवाहपछि पनि मेरो व्यक्तित्व पहिलेजस्तै रहन्छ, कुनै परिवर्तन अाउँदैन

 पुस १, २०७५ आइतबार १७:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणवीर सिंहले अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरेको धेरै समय भएको छैन ।

रणवीरले विवाहपछि पनि आफ्नो व्यक्तित्वमा कुनै पनि किसिमको परिवर्तन नल्याउने र श्रीमती दीपिकाले समेत कुनै पनि किसिमको परिवर्तन ल्याउने कोशिश नगरुन् भन्ने चाहेको बताएका छन् । 

रणवीरले विवाहका विषयमा भनेका छन, ‘विवाह मेरो लागि सबैभन्दा सुन्दर चिज हो । मलाई अहिले एक किसिमको जादूजस्तै महसुस भइरहेको छ । मैले आफूभित्र एक खालको शक्ति महसुुस गरिरहेको छु । यस्तो लाग्दैछ म अजेय हूं ।’ 

उनले विवाह गरेर आफू सुरक्षित भएको महसुस भएको पनि बताएका छन् । 

रणवीरले विवाहकै कारण आफ्नो तौर तरिका र व्यक्तित्वमा कुनैपनि परिवर्तन नगरेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म विवाहित भएकै कारण मैले लगाउने पहिरन र मेरो रहनसुनलाई बद्ल्नु पर्छ भन्ने लाग्दैन । यदि यो प्राकृतिक रुपमै हुन्छ भने त्यस कुरालाई म रोक्ने छैन, परिवर्तन हुन दिनेछु ।’ 

रणवीर सिंह र दीपिका पादुकोणले वर्षौं लामो प्रेम सम्बन्धपछि २०१८ को नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेका हुन् । 

दीपिका र रणवीर सिंहको जोडी बलिउड फिल्म उद्योगकै सुपहिट जोडीका रुपमा मानिन्छ । यी दुवैले कैयौं फिल्ममा सँगसँगै काम गरिसकेका छन् । 

उनीहरुले एकसाथ बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीको ३ वटा फिल्ममा काम गरिसकेका छन् भने ति ३ वटै फिल्म ‘रामलीला, बाजीराव मस्तानी, र पद्मावत बक्स अफिसमा सुपरहिट भइसकेका छन् ।  


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया