ललितपुरमा भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण
बैशाख ७, २०८१ शुक्रबार
दैलेख – प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न एकजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय लक्ष्मण थापा रहेको र उनलाई नेपालगञ्जबाट आएको यात्रुबसमा सामान लिन लाग्दा नारायण नगरपालिका–८ तर्ताङ्गबाट प्रहरीले पक्राउ गरेको हो ।
थापा ओपिडोल लगायतका लागूऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा कसूर स्वीकार गरेका आरोपित थापाबारे अनुसन्धान सुरु भएको बताइएको छ । ‘कुटे’ नामले चिनिने आरोपित थापा दैलेख सदरमुकाममा लागूऔषध भित्र्याउने कुख्यात व्यक्ति भएको खुल्न आएको छ ।
यायातातको सहजता र सहरी विकाससँगै दैलेख सदरमुकामका युवाहरुमा लागू औषध दुव्र्यसन बढ्दै गइरहेको र यो समस्या समाधान गर्न प्रहरी लागिरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।