बसका दुर्इजना यात्रुकाे तीन लाख रुपैयाँ चाेरी

 पुस १, २०७५ आइतबार १९:२९:४१ | हेमराज शर्मा

दाङ – बसका यात्रुहरुबाट तीन लाख रुपैयाँ चोरी भएको छ ।

घोराहीबाट कोठरी जाँदै गरेको रा १ ख १७२७ नम्बरको बसमा सवार दुईजना यात्रुहरुबाट तीन लाख आठ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरा निबासी खगा डाँगीको दुई लाख र घोराही उपमहानगरपालिका १६ रावतगाउँका प्रमिला शाहीको एक लाख आठ हजार रुपैयाँ बसबाटै चोरी भएको हो । 

पीडित महिला

यात्रुहरुको भीडभाड रहेको बेला झोलाबाट पैसा चोरी भएको पीडितहरुले बताउनुभएको छ । पैसा चोरी भएपछि प्रहरीलाई खबर गरे पश्चात प्रहरीले अनुसन्धान थालेको छ ।

केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको दाङमा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमको नेतृत्वमा प्रहरी अधिकृतहरु अनुसन्धानमा लागेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया