विश्वकपकपको अपडेटका लागि हाम्रो पात्रोले ल्यायो सजिलो एप

 जेठ ३१, २०७५ बिहिबार १९:४२:२१ | उज्यालो सहकर्मी

काठमाडाैं - विश्वकप फुटबल २०१८ को यस महाकुम्भको रौनकले विश्वलार्इ तरङ्गीत पारेको छ ।

जहाँतही विश्वकप फुटबलका चर्चा, विभिन्न देशकापहिरन र मेडिया सामाग्रीले भरीएका छन् । ‘यसमा सबै छ’ भन्ने नाराकासाथ राष्ट्रिय, अन्तराष्ट्रिय हरेक ठूला, साना जनमनमा प्रभाव पार्नसक्ने गतिविधिलार्इ समय सापेक्ष पस्किंदै आएको कुरा अवगतै छ । यस पटक हाम्रो पात्रोले प्रयोगकर्ताहरूका लागि App Storeमा विश्वकपलाई मध्यनजर गर्दै नयाँ एप 'Football World 2018' सार्वजनिक गरेको छ । यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ ।

फुटबल प्रेमीहरूले खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने मुख्यतः सामाग्रीहरू जस्तैःखेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाण्डरहरूको सजिलो प्रयोग नै यस 'Football World 2018'एपको विशेषता हो ।
 

आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट पनि गर्न मिल्ने सुविधा समेत एपले राखेको छ । जसका लागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया