सरकारले एक वर्षमै ठूलो परिवर्तन गरेर देखाउँछ : अध्यक्ष दाहाल

 पुस २, २०७५ सोमबार ७:५५:५३ | रासस
unn.prixa.net

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताउनुभएको छ । 

अाइतबार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उहाँले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको अध्यक्ष दाहालले बताउनुभयो । 

सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा हुने परिवर्तनबाट जवाफ मिल्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया