बढ्दैछ जाडो, काठमाडाैंकाे तापक्रम २ डिग्रीमा झर्‍याे

 पुस २, २०७५ सोमबार ८:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । 

सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।

पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया