सातगाउँले जात्रा : कीर्तिपुर र चन्द्रागिरीमा सार्वजनिक बिदा

 पुस २, २०७५ सोमबार ८:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको दक्षिण–पश्चिमी क्षेत्रको प्राचीन नेवार वस्तीमा मनाइने सात गाउँको जात्रा अन्तर्गत कीर्तिपुरमा इन्द्रायणी देवीको र चन्द्रागिरीमा विष्णुदेवीको जात्रा भैरहेको छ । 

सतुंगल, लोहँकोट, बोसिगाउँ, नैकापलगायतका बासिन्दाले बल्खुमा रहेको विष्णुदेवीलाई भात चढाउने चलन छ । बिहानैदेखि नैकाप, सतुंगल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा केही दिनअघि बली दिएको मासुको परिकार सजाएर चढाउने भक्तजनको घुँइचो लागेको छ । आजै देव–देवीलाई खटमा राखेर जात्रा गरिनेछ । 

जात्राका कारण कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया