सप्तरीमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु

 पुस २, २०७५ सोमबार ११:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको तिलाडी कोइलाडी गाउँपालिकाका पाले वडा नं १ तिलाठीका पर्शुराम मिश्रको अज्ञात समूहको कुटपिटबाट ज्यान गएको छ । 

गाउँपालिका परिसरमा लागूऔषध सेवन गरीरहेका केही व्यक्तिहरुलाई  मिश्रले त्यहाँ लागूऔषध सेवन नगर्न आग्रह गर्दा उनीहरुको समूहले मिश्रलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते मिश्रको तत्काल राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुटपिट गर्ने समूहको पहिचान हुन नसकेको तथा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठीका स्थानीयबासीन्दाले घटनाको विरोधमा राजविराज भन्सार सडक खण्ड बिहानैदेखि टायर बालेर अवरुद्ध पारेका छन् । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया