मोहम्मद सलाह शत प्रतिशत फिट, विश्वकप खेल्ने पक्का

 जेठ ३१, २०७५ बिहिबार २०:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगको फाइनलमा नराम्रोसँग घाइते भएर खेल छाड्नुपरेका इजिप्टका स्ट्राइकर मोहम्मद सलाह पूर्ण रुपमा सञ्चाे भएका छन् ।

उनी च्याम्पियन्स लिगका उपाधिका लागि लिभरपूलका तर्फबाट खेल्दै गर्दा रियल मड्रिडका डिफेण्डर सर्जियो रामोससँग ठोक्किंदा उनको काँधको लिगामेण्टमा गम्भीर समस्या आएको थियो ।

नराम्रोसँग घाइते भएकाले उनले विश्वकप खेल्न सक्दैनन् भन्ने अड्कलबाजी गरेका थिए ।

यसैबीच इजिप्टका राष्टिय टोलीका प्रशिक्षक हेक्टर क्युपरले सलाह शत प्रतिशत तन्दुरुस्त भएको र शुक्रबार उरुग्वेका विरुद्ध हुने पहिलो खेलमा सहभागी हुने बताएका छन् ।

‘म अन्तिम समयमा कुनै भवितव्य आइनपरेको खण्डमा सलाहले खेल्ने शत प्रतिशत पक्का गराउन चाहन्छु,’ क्युपरले भने, ‘ उनी सर्वाधिक गोलकर्ता र महान खेलाडी बन्न सक्छन् ।’

क्युपरले सलाहको अवस्था राम्रो रहेको र छिटो भन्दा छिटो तन्दुरुस्त भएको बताएका छन् ।

उनले थपे, ‘हामी उनलाई आत्मविश्वासी महसूस गराउन प्रयासरत छौं । डाक्टरहरुले उनलाइ खेल्ने र नखेल्ने दुवै विकल्प दिएका छन् तर मैले उनलाई राम्ररी चिनेको छु, उनी डराउँदैनन्, नीडर छन् ।’

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया