बिहेको भोजमा रक्सी खाँदा तीनजनाको मृत्यु

 पुस २, २०७५ सोमबार १२:२५:२३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रक्सी खाएका कारण रुकुम पश्चिममा ३ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १२ का अम्मर विकको घरमा मदिरा सेवा गरेर सुतेको ३ जनाको ज्यान गएको हो । 

सानीभेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार एक स्थानीयको बिहेको भोजसहित मदिरा सेवन गरेर सुतेका उनीहरु सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खड्काले बताउनुभयो । 

५ जनामध्ये ३ जना मृतकले सेवन गरेको रक्सी र अरु २ जनाले सेवन गरेको रक्सी फरक–फरक पाइएको पनि डीएसपी खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया