चलचित्र ‘जात्रै जात्रा’को प्रदर्शन मिति सर्ने पक्का

 पुस २, २०७५ सोमबार १३:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’ को छायांकनमा जाने क्रममा चलचित्रका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परे ।

उनी दुर्घटनामा परेपछि चलचित्रको छायांकन नै रोकिएको छ । अभिनेता कार्की अहिले घरमै आराम गरिरहेका छन्  । मोटरसाइकल दुर्घटनामा पर्दा उनको खुट्टा भाँच्चिएको छ । छायांकन रोकिएसँगै चलचित्र प्रदर्शनका लागि तोकिएको मितिमा नआउने भएको छ । फागुन १७ गतेलाई प्रदर्शन मिति तोकेर यो चलचित्र छायांकनमा गएको हो । 

चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । टिजरलाई दर्शकले रुचाएका छन् । ‘जात्रै जात्रा’को टिजरमा अभिनेता दयाहाङ राइको इन्ट्रीले चलचित्रलाई थप रोचक बनाएको छ । ‘हामीले फागुन १७ लाई प्रदर्शन मिति तोकेका थियौँ तर विपिन दुर्घटनामा परेपछि तोकेको मितिमा हामी चलचित्र प्रदर्शन गर्न असमर्थ भयौँ’, चलचित्रका निर्देशक प्रदिप भट्टराइले भने । 

चलचित्रको प्रर्दशन मिति सरेको बताए पनि कहिलेबाट प्रदर्शनमा आउने भन्ने चाँडै नैै टुंगो लगाइने निर्देशक भट्टराईले बताए ।  ‘जात्रा’को सिक्वेलको रुपमा बन्न लागेको यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झालागायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा मेहेनतबिना आइपरेको धन पचाउन गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया