शेयर बजारमा दोहोरो अंकको वृद्धि

 पुस २, २०७५ सोमबार १६:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेप्से परिसूचक सोमबार पनि बढेको छ । 

आइतबार झण्डै १९ अंकले बढेको नेप्से परिसूचक सोमबार १५ दशमलब १७ अंकले बढेर ११ सय ८२ दशमलब ७८ बिन्दुमा पुगेको हो । 

व्यापारबाहेक सबै समूहको उप–सूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । कारोबार रकम भने सामान्य घटेको छ । सोमबार ४२ करोड ३ लाख रुपैयाँ बराबरका १२ लाख ६० हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । 

आइतबार ४७ करोड रुपैयाँ बराबरको कारोबाार भएको थियो । सोमबार दिनभरको कारोबारमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुुवित्त वित्तीय संस्था लिमिटेड र पूर्णिमा विकास बैंक लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाए । 

कालिका पावर कम्पनी लिमिटेड र ग्लोबल आईएमई सम्मुन्नत स्कीम १ का लगानीकर्ताले भने झण्डै साढे ३ प्रतिशत गुमाएका छन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया