डाक्टर केसीको सत्याग्रहसहितको आन्दोलनका कार्यक्रम सर्‍याे

 पुस २, २०७५ सोमबार १६:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – चिकित्सा शिक्षा ऐन तत्कालन पारित गर्न माग गर्दै सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिनुभएका डा. गोविन्द केसीको आन्दोलनका कार्यक्रम दुई साता पर सरेको छ ।  

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भनेर जानकारी गराएकाले सत्याग्रह दुई साता पर सारेको केसीले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । यसअघि डा.केसीले सोमबार आजदेखि नै सत्याग्रह सुरु गर्ने बताउनुभएको थियो ।  

चिकित्सा शिक्षा ऐन दुई हप्तामा पनि पारित नभए यही पुष १७ गतेदेखि भने सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिनुभएको छ । 

यस्तै स्वास्थ्य मन्त्रालयको सचिवमा कानुन बमोजिम चिकित्सकहरुमध्येबाट नियुक्त गर्नुपर्नेमा सरकारले गैर–चिकित्सकबाट सचिव नियुक्त गरेको भन्दै केसीले आपत्तिसमेत जनाउनुभएको छ ।

लथालिंग रहेको देशको स्वास्थ्य क्षेत्रलाई यसले झनै अस्तव्यस्त बनाउने भएकाले कानुनबमोजिम सचिव नियुक्त गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया