जान्ह्वी कपूरलाई सारा अली खानले दिइन् मात

 पुस २, २०७५ सोमबार १८:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म फिल्म ‘२.०’ प्रदर्शनकै बेला अभिनेत्री सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ ले समेत दर्शकको मन जितिरहेको छ ।

प्रर्दशन भएको २ हप्तामा समेत केदारनाथले दर्शलाई हलतर्फ तानिरहेको छ । भारतको उत्तराखण्डमा प्रतिबन्ध गरिए पनि यस फिल्मको कमाईमा खासै असर परेको छैन ।

निर्देशक अभिषेक कपूरको निर्देशनमा बनेको यो फिल्मले प्रदर्शन हुनुअघि पनि समस्या झेल्नु परेको थियो । निर्देशक र निर्माताबीचको मनमुटावका कारण यस फिल्मको प्रदर्शन मिति पनि केही समयसम्मका लागि टुंगो लाग्न सकेको थिएन । तर प्रदर्शनपछि भने यस फिल्मले दर्शकको माया र साथ पाउन सफल भएको छ ।

बलिउडमा अभिनेत्री जान्हवी कपूरको फिल्म ‘धडक’ र सारा अली खानको फिल्म ‘केदारनाथ’ लाई तुलना गरेर हेरिएको थियो । यसका साथै यसै वर्ष बलिउडमा डेब्यू गरेकी जान्हवी कपूर र सारा अली खानमध्ये कसले बलिउडमा आफ्नो प्रभाव सफल हुनेछ भन्ने खालका खबरहरु पनि सार्वजनिक भए । फिल्म केदारनाथको अहिलेसम्मको बक्स अफिस कलेक्सन हेर्दा साराले जान्हवी कपूरलाई पछाडि पारिदिएकी छिन् ।

खबरहरुका अनुसार फिल्म केदारनाथ’ प्रदर्शनको दोस्रो हप्ता अर्थात डिसेम्बर १६ आइतबार सम्म ५४.२१ करोडको व्यापार गरिसकिएको छ । अभिनेत्री जान्हवी कपूरको फिल्मले ५१.५६ करोडको व्यापार गरेको थियो । यस अनुसार फिल्म ‘धडक’ लाई ‘केदारनाथ’ पछाडी पारिदिएको छ ।

फिल्म ‘केदाराथ’ मा एक हिन्दू तीर्थयात्री युवती र एक मुस्लिम भरियाबीचको प्रेमकहानीलाई देखाइएको छ । जहाँ सुशान्त सिंह राजपुत सारा अली खानलाई बोकेर केदारनाथको दर्शन गराउनका लागि मन्दिरसम्म पु¥याउने काम गर्छन ।

फिल्म ‘केदारनाथ’ को कथा सन् २०१३ मा उत्तराखण्डमा आएको बाढीको परिवेशमा घुमेको छ । यस फिल्मबाटै डेब्यू गरेकी सारा अली खानको अभिनय क्षमताको समेत अहिले चर्चा भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया