एक महिनादेखि हराएका युवकको शव भेटियो

 पुस २, २०७५ सोमबार १९:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – एक महिनादेखि परिवारबाट सम्पर्कविहीन भएका घोराही उपमहानगरपालिका—१३, का १७ वर्षका सुवास पुनको शव फेला परेको छ ।

कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको शव घोराही—१९, को हरिकिसे जंगलको भीरमा सोमबार फेला परेको छ । स्थानीय महिलाहरु दाउरा संकलनका लागि उक्त जंगलमा गएको समयमा शव देखेपछि स्थानीयवासीलाई गरेका थिए ।

मृतक पुनका भिनाजु बिबेक गुरुङले कपडामार्फत् शवको पहिचान गरेको घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य जंग रोकाले जानकारी दिनुभएको छ । मृतक पुनको शव अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ । शव गलेको अवस्थामा फेला परेको वडा सदस्य रोकाले जानकारी दिनुभयो ।

साथीहरुसँग प्यूठानको स्वर्गद्वारी घुम्न गएको समयमा पुन परिवारको सम्पर्कमा थिएनन् । उनीसँगै स्वर्गद्वारी गएका अन्य नौ जना साथीहरु भने घर फर्केका थए । सँगै गएका अरु घर फर्के पनि उनी घर नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया