बंगलादेशविरुद्धको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ८ विकेटले विजयी

 पुस २, २०७५ सोमबार १९:५१:० | एजेन्सी
unn.prixa.net

बंगलादेशविरुद्धको पहिलो टी–२० क्रिकेटमा वेस्टइन्डिज ८ विकेटले विजयी भएको छ । 

सिल्हेटमा आज भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशले दिएको १३० रनको लक्ष्य वेस्ट इन्डिजले ५५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको थियो । ओपनिङ ब्याट्सम्यानले ५१ रनको साझेदारी गर्दैै बलियो सुरुवात गरेका थिए । वेस्ट इन्डिजका इभेन लुइसले ११ बल खेल्दै १८ रन बनाए । 

लुइस आउट भएपछि क्रिजमा आएका शाही होप र  निकोलस पुरनले दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गर्दै बंगलादेशी बलरमाथि हावी भएका थियो ।  शाही होप दोस्रो विकेटको रुपमा वेस्ट इन्डिजको स्कोर ९८ हुँदा आउट भए । ५५ रनको इनिङ खेलेका होपले जम्मा २३ बलको सामना गरेका थिए । जसमा उनले ९ वटा बललाई बाउन्ड्रि बाहिर पठाएका थिए । उनले ६ छक्का र ३ चौका प्रहार गरे । त्यसपछि निकोलस पुरन र किमो पौलले अभिजित ३२ रनको साझेदारी गर्दै बंगलादेशमाथि ८ विकेटको जित दिलाए ।   पल १४ बलमा २८ तथा पुरन  १७ बलमा २३ रन बनाउँदै नटआउट रहे । 

आजको जितसँगै ३ वटा टी–२० सिरिजमा वेस्टइन्डिज १–० ले अगाडि छ । अब दोस्रो टी–२० डिसेम्बर २० तारिखमा ढाकामा हुने छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया