न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्टमा दबाबमा श्रीलंका, २० रनमै ३ विकेट गुमायो

 पुस २, २०७५ सोमबार १९:५९:१० | एजेन्सी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंका दबाबमा आएको छ ।  पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ५७८ रन बनाएको थियो । त्य

सपछि पहिलो इनिङ सुरु गरेको श्रीलंका २८२ रनमै समेटिएको थियो । तेस्रो दिनमै फ्लो अनमा परेको श्रीलंकाले दोस्रो पारिमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । तेस्रो दिनको खेल सकिँदा श्रीलंकाले २० रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।  न्यूजिल्याण्डले बनाएको पहिलो पारिको रन बराबरी गर्न श्रीलंकालाई २७६ रन आवश्यक छ भने उसको ७ विकेट मात्रै बचेको छ । 

फ्लो अनमा ब्याटिङ गर्दा श्रीलंकाका धनुष्का गुनाथिलाका ३ रनमा आउट हुँदा दिमुथ करुनारत्ने १० रनमा पेभेलियन फर्किए । धनञ्जय डी सिल्भाले खाता नै नखोली आउट भएपछि १३ रनमा ३ विकेट खेर फालेको थियो । अब कुशल मेन्डिस र एंगेलो म्याथ्यूजले चौथो दिनको खेल अघि बढाउने छन् । दोस्रो इनिङमा टिम साउथीले २ तथा  ट्रेन्ट बोल्टले एक विकेट लिइसकेका छन् ।

श्रीलंकाको पहिलो पारि ध्वस्त बनाउँदा टिम साउथीले ६ विकेट लिँदा नेइल वाग्नरले २ विकेट लिएका थिए । श्रीलंकाका तीन जना ब्याट्सम्यानले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यानले ठूलो स्कोर गर्न सकेनन् ।

एंगेलो म्याथ्यूजले ८३, निरोशन डिकवाला ८० रनमा नट आउट रहे । अर्का व्याट्सम्यान करुनारत्नेले ७९ रन बनाउँदा दिलरुवान परेराले १६ रन जोडेका थिए । अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्यूजिल्याण्डका लागि टम लथमले दोहोरो शतकसहित २६४ रन बनाएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया