आत्महत्याबाट जोगाउन खोज्दा भएको आक्रमणमा घाइतेको मृत्यु

 पुस ३, २०७५ मंगलबार ७:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – नारायण नगरपालिका–३ भूर्तीमा आत्महत्या गर्न खोजेका व्यक्तिलाई जोगाउन खोज्दा सोमबार दिउँसो भएको आक्रमणमा घाइते महिलाको पनि ज्यान गएको छ । दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकी ७० वर्षीया जुवारा नेपालीको सोमबार राति ज्यान गएको प्रहरी जनाएको छ । 

आत्महत्या गर्न लागेका २६ वर्षीय बालाराम नेपालीलाई रोक्न खोज्दा कोदालोले हिकाई ४७ वर्षीया आमा पार्वती नेपालीको हत्या गरेका थिए । लगत्तै उनले घरमै बसेकी बज्यै जुवारा नेपाली र अन्य छिमेकी २ महिलालाईसमेत घाइते बनाएका थिए । घाइते ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशिला नेपाली सामान्य उपचारपछि घर फर्किएका थिए ।  

नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न आमा पार्वतीले सम्झाउन खोज्दा उल्टै बालारामले आमामाथि कोदालो प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोलीले बालारामलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । 

बालारामले गएको वर्ष पनि आफैँले ब्लेटले घाँटीको केही भाग रेटेर घाइते हुँदा २ महिना अस्पतालमा राखेर उपचार गरिएको थियो । 

याे पनि पढ्नुहाेस् । 

आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया