आईपीएलकाे १२औं सिजनको अक्सन अाज, ३४६ खेलाडी लिलामीमा

 पुस ३, २०७५ मंगलबार ८:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको १२औं सिजनका लागि मंगलबार खेलाडीको अक्सन हुँदैछ । अक्सनका लागि ३४६ खेलाडी रहेका छन् । उनीहरु मध्ये ९ जना खेलाडीको न्यूनतम मूल्य २ करोड रहेको छ । 

जसमा न्यूजिल्याण्डका पूर्व कप्तान बेन्डन म्याकुलम, इंग्ल्याण्डका अलराउण्डर क्रिस बोक्स, श्रीलंकका फास्ट बलर लासिथ मालिां, अष्ट्रेलियाका शान मार्श, डी आर्सी शट, न्यूजील्याण्डका कोरी एन्डरसन, कालिन इंग्राम र इंग्ल्याण्डका सैम करन समावेश छन् । खेलाडी अक्सन नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि जयपुरमा सुरु हुने छ ।  

यसैगरी १ करोड ५० लाख न्यूनतम मूल्य तोकिएका खेलाडीमा भारतका एकजना मात्रै परेका छन् भने ९ जना भारत बाहिरका खेलाडी छन् । लिलामीको सबैभन्दा बढी मूल्य भारतीय तिब्र गतिका बलर जयदेब उनादकट रहेका छन् ।

उनको न्यूनतम मूल्य १ करोड ५० लाख भारु तोकिएको छ । उनी गत सिजमा राजस्थान रोयल्सबाट १ करोड १५ लाखमा खेलेका थिए । उनी गत सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको २९ औं स्थानमा रहेका थिए ।

१५ खेलमा जम्मा ११ विकेट लिन सफल भएका थिए । यसैगरी किंग्स इलेवन पञ्जाबका पूर्व अलराउण्डर युवराज सिंह र स्पिनर अक्षर पटेलको मूल्य १ करोड तोकिएको छ ।

यसैगरी विकेटकिपर ऋद्धिमान साहा र मोहम्मद शामीको मूल्य पनि १ करोड तोकिएको छ । पछिल्लो सिजमा युवराजलाई २ करोडमा पञ्जाबले खरिद गरेका थियो । तर उनले ८ खेलमा जम्मा ६५ रन बनाएका थिए ।

यस्तै अनक्याप्ड खेलाडीको रुपमा २०१ जना भारतीय तथा २७ विदेशी खेलाडीहरुलाई लिलामीका लागि राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया